काठमाडौं । काठमाडौंकाे चन्द्रागिरिमा पहिराेले पुरिएर तीन जनाकाे निधन भएकाे छ ।
नगरपालिकाकाे वडा नम्बर-२ देउराली नजिक मसिने जानेबाटाेमा रहेकाे रेक्की ध्यान केन्द्रमा माथिबाट अाएकाे पहिराेले पुर्दा ३ जनाकाे निधन भएकाे चन्द्रागिरि २ का वडा अध्यक्ष भाईकृष्ण तामाङले जानकारी दिए ।
अविरल वर्षा पछि मध्य रातमा आएकाे पहिराेले ध्यानकेन्द्र पुरिएकाे र विहान सम्म खाेजी कार्य भइरहेको वडा अध्यक्ष तामाङले बताए ।
वडा अध्यक्ष तामाङका अनुसार पहिरो पुरेर निधन हुनेमा वर्ष ५२ का राजु श्रेष्ठ र उनकाे श्रीमती वर्ष ४५काे रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छाेरी सारथि श्रेष्ठ रहेका छन् । अझै खाेजी कार्य जारी रहेकाे तामाङले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार