• ट्रेण्डिङ :

ईलाका प्रहरी कार्यालय खानीखोलामा इन्स्पेक्टर डवल बम

ईलाका प्रहरी कार्यालय खानीखोलामा इन्स्पेक्टर डवल बम

cnewsnepal

मंगलबार, असोज २५ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) डबलबहादुर बमलाई ईलाका प्रहरी कार्यालय खानीखोलाकाे प्रमुखको जिम्मेवारीमा पठाएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) डबलबहादुर बमलाई काजमा ईलाका प्रहरी कार्यालय खानीखोलाकाे प्रमुखको जिम्मेवारीमा पठाएको हाे ।

ईलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अपूर्व ढुंगाना गत असोज १५ गते महिला प्रहरीलाई ब्यारेकमै जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ परेका थिए । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएसँगै आरोपी ढुंगाना स्वतः निलम्बनमा परेका छन् ।

ढुंगाना निलम्बन भएपछि इन्स्पेक्टर बमलाई काजमा पठाएको नेपाल प्रहरी प्रधान कार्यालयले नक्सालले जनाएको छ ।
बम नेपाल प्रहरीमा व्यसायिक प्रहरी अधिकृत मानिन्छ उनी यश अगि नेपाल प्रहरीकाे विपतमा कार्यरत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार