प्रधानमन्त्री ओली दिल्लीमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली पुगेका छन्।

उनलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रियमा भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) ए गितेश शर्माले स्वागत गरेका छन्। ओलीलाई स्वागत गर्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीको समेत उपस्थिति थियो।

मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएका छन्।

बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्।

मोदीले बिहिबार आफ्नो दोस्रो कार्यकालको सपथ लिने कार्यक्रम छ।