• ट्रेण्डिङ :

पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

cnewsnepal

आइतबार, माघ २२ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ। ९५ वर्षीय जबराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो।

उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेपछि उनी २९ वर्षको उमेरमै गभर्नर बनेका थिए । त्यतिबेला उनको तलब मासिक ८ सय रुपैयाँ मात्रै थियो ।

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।

त्यसपछि व्यवसायमा लागेका उनैले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार