• ट्रेण्डिङ :

गणेशमान सिंह मार्गमा सवारीसाधनकाे चाप थप बढ्ने

गणेशमान सिंह मार्गमा सवारीसाधनकाे चाप थप बढ्ने

cnewsnepal

मंगलबार, फाल्गुन १६ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं ।दक्षिण ललितपुर हुँदै तराई मधेश जाने छोटो सडक मर्मतका लागि तीन हप्ता बन्द हुने भएको छ ।

यो सडक आउँदो विहीबारदेखि चैत्र १० गतेसम्म बन्द गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेले बताए । उनको अध्यक्षतामा बसेको बैठकले २३ दिनका लागि कान्ति लोकपथ बन्द गर्ने निर्णय गरेको हो।

केही समयअघि भिमफेदी सडक समेत मर्मतका लागि बन्द गरिएको थियो । यस सडक मर्मतपछि आजकल यस सडक हुँदै सयौं टाटासुमो चल्न थालेका थिए ।

मर्मतका लागि हेटौँडाबाट काठमाडौं जाने साना सवारीसाधनलाई हेटौँडा भीमफेदी कुलेखानी सिस्नेरी–दक्षिणकाली रुट हुँदै एकतर्फी सञ्चालन हुनेछन् । काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन थानकोट चित्लाङ मार्खु (कुलेखानी) भीमफेदी हुँदै एकतर्फी सञ्चालन हुनेछन्

प्रतिक्रिया
सम्बन्धित समाचार