• ट्रेण्डिङ :

सरकारद्वारा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको पदस्थापन

सरकारद्वारा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको पदस्थापन

cnewsnepal

बुधबार, चैत्र १५ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १५ चैत । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरेको छ ।

एआईजी श्याम ज्ञवालीलाई उपत्यकामा सरुवा गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिनअघि बढुवा भएका चार एआईजीहरुको पदस्थापन गर्दै ज्ञवालीलाई त्यहाँ पठाएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजी ज्ञवाली केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्यलाई सरुवा गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा टेकप्रसाद राईको पदस्थापन गरिएको हो ।

प्रहरी हेडक्वार्र्टरमै रहेको प्रशासन विभागमा भने एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ ।

प्रशासनिक काममा पोख्त रहेका थापालाई प्रशासनिक जिम्मेवारी दिएको हो ।

अन्य चार एआईजीको बढुवा सिफारिस मात्रै भएकाले पदस्थापन हुन बाँकी रहेको छ ।

यसअघि कोशी प्रदेशमा एसएसपी राजेशनाथ बास्तोलालाई पठाइएको थियो भने गण्डकीमा एसएसपी उमेशराज जोशीलाई खटाइयो ।

त्यसैगरी सुदूरपश्चिममा भरत बोहोरालाई पठाइएको थियो । बास्तोला, जोशी र बोहोराले सम्हालेको प्रदेशमा डीआईजीको दरबन्दी छ ।

यसअघि मधेस प्रदेशमा डीआईजी किरण राणा र बागमती प्रदेशमा दुर्गा सिंहलाई पठाइएको थियो । गण्डकीमा बुद्धि गुरुङलाई यथावत राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार