• ट्रेण्डिङ :

घ्याम्पेडोल नागढुङ्गा सडक खण्ड मर्मत नहुदा स्थानीयलाई धुलाे र धुवाँकाे सास्थी,आन्दोलनकाे चेतावनी

घ्याम्पेडोल नागढुङ्गा सडक खण्ड मर्मत नहुदा स्थानीयलाई धुलाे र धुवाँकाे सास्थी,आन्दोलनकाे चेतावनी

cnewsnepal

शनिबार, बैशाख १६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


राेसन दानी,१६ बैशाख काठमाडौं । चन्द्रागिरि नगरपालिका स्थित घ्याम्पेडोल नागढुङ्गा सडक खण्ड मर्मत नहुदा अत्याधिक धुलाेका कारण आम नागरिककाे स्वास्थ्यमा गम्भीर असर देखा परेको छ ।

व्यवस्थित ढल निकास नहुदा र निकासका लागि खनिएका नाला बनाउदा बाटाे ध्वस्त भएकाे हाे ।

दैनिक साे वाटाेवाट नागढुङ्गा,दहचाेक,बलम्वु नैकापका स्थानीयहरूले साे सडक बैकल्पिक मार्गका रूपमा प्रयाेग गर्दै आईरहेका छन् ।

बाटो पिच हुन नसक्दा दैनिक स्थानीयहरू र माेटरसाईकलमा सवारहरूलाई धुलाेकाे कारण सास्ती व्यहोर्नुपर्ने अवस्था सृजना भएकाे चन्द्रागिरि १३ का सामाज सेवी अशाेक बुढाथोकी बताउछन् ।
धुलाेकाे कारण विद्यालय जाने विद्यार्थी,बालबच्चालाई वढि स्वास्थ्यमा असर देखा परेकाे छ ।

घ्याम्पेडोल नागढुङ्गा सडक खण्डको, चुनदेवी चाेक,सुरूङ्ग मार्ग नैकाप फुटबल ग्राउण्ड आसपास लगायत क्षेत्रमा समस्या देखिएकाे स्थानीय बताउछन् । घ्याम्पेडोल नागढुङ्गा सडक मर्मत संमारकाे जिम्मेवारी सडक बिभागकाे हाे । उक्त सडक खण्ड पानी परेकाे बखत हिलाे र तालमा परिनत हुने गरेकाे छ ।  स्थानियहरूले सडक तत्काल मर्मत नगरे बाटाे बन्द गरेर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार