१७ वैशाख, काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् ।
उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् ।
नगरपालिकका प्रमुख नगर प्रमुख घनश्याम गिरीले खानीपानी व्यवस्थापनका कारण सवै वडाहरूमा समस्या देखीएकाेे बताए नगर प्रमुख गिरीले एकीकृत खानेपानी एेन नगर सभावाट छिटै पारित गरि समान वितरण प्रणाली अन्तर्गत व्यवस्थापनकाे नीति अवलम्बन गरिने जानकारी दिए । उनले भने,” सवै वडाहरूकाे पानी एकीकृत तवरले नगरले व्यवस्थापन गर्छ,समस्या छ नगर यसमा गम्भीर छ दिगाे समाधानका लागि हामी लागिरहेका छाै यसकाे चाडाे हल हुन्छ ।”
चन्द्रागिरिका प्रबक्ता कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको बताए ।
खड्कीले भने, ‘हामीले अर्को बोरिङ खन्न र पानी वितरण गर्न प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने, ‘स्थानीयहरुसँग हामीले गरेका प्रयासबारे छलफल गरेका छौं ।’
सुख्खायाम लागेसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव बढेको छ । यसले गर्दा स्थानीयहरु ट्यांकरको पानीमा भर पर्नुपर्ने अवस्था आएको छ । तस्बिरहरू : सामाजिक सञ्जाल