नेपाल जेसीज अन्र्तगत क्षेत्र ‘ग’ सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदद्धारा समुद्धघाटन भएको सम्मेलन बैशाख १५ र १६ गते ललितपुरस्थीत होटल भ्यु भृकुटीमा गोदावरी जेसीजको आतिथ्यतामा भएको हो ।
नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंङ सावा लिम्बुको सभापतित्व भएको सम्मेलनमा क्षेत्रगत शाखा अध्यक्षहरुले विभिन्न बिषय तथा एजेण्डाहरुमा बृहत छलफल गरेका छन् ।
छलफलद्धारा आगामी महाधिवेशनमा उठाइने बिषयहरुमा महत्वपुर्ण निणर्य समेत भएको निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंङ सावा लिम्बुले बताए ।
कार्यक्रममा शाखा अध्यक्ष तथा सदस्यहरुका ब्यक्तित्व तथा नेतृत्व विकासका लागि महत्वपुर्ण प्रशिक्षणहरु समेत सम्मेलन मार्फत प्रदान गरिएको छ । नेपाल जेसीजका पुर्व अध्यक्ष तथा पुर्व अष्ट्रेलियन राजदुत महेश दहाल मुख्य प्रशिक्षक रहेको सम्मेलनमा, शिक्षाविद् कर्ण बहादुर शाही, चिकित्सिक तथा सामाजिक अभियन्ता डा.सुभास घिमिरे, पुर्व नेपाल सुन्दरी नम्रता श्रेष्ठ लगायतका ब्यक्तित्वहरुले प्रशिक्षण प्रदान गरेका हुन् ।

नेपाल जेसीज २०२३ का अध्यक्ष जेसिआई सिनेटर बिकास मानन्धरले नेपाल जेसीज २०२३ को राष्ट्रिय प्रकरण “As One:1 Family, 1Team, 1Goal” भन्ने अभियानलाई सफल बनाउन देश भरीका जेसीज तथा जेसीज बाहिरका ब्यक्त्विहरुको सम्मेलनमा उल्लेख्य सहभागिताले जेसीज बन्धुत्वको भावना थप बलियो बन्ने बिश्वाश ब्यक्त गरेका छन् ।

कार्यक्रममा गोदावरी नगरपालीकाका प्रमुख गजेन्द्र महर्जन लगायत स्थानिय जनप्रतिनिधीहरुको उत्साहवर्दक उपस्थिती रहेको थियो । सम्मेलनले गोदावरी क्षेत्रका पर्यटकिय क्षेत्रको प्रचार र प्रर्वदन गर्न महत्वपुर्ण सन्देश प्रवाह गरेको बताउदै आतिथ्य शाखा गोदावरी जेसीजका पुर्व अध्यक्ष तथा सम्मेलन निर्देशक जेसी आनन्द अधिकारीले सहयोगी र सहभागी सबैलाई धन्यवाद दिएका छन् ।
नेपाल जेसीजको एक महत्वपुर्ण कार्यक्रम क्षेत्रगत सम्मेलन गोदावरी जेसीजले सफलतापुर्वक आतिथ्यता गर्न पाउदा गर्व लागेको २०२३ का अध्यक्ष जेसी विजय पाठकले बताएका छन् ।
नेपाल जेसीसले हरेक बर्ष गर्ने कार्यक्रमहरु मध्ये एक क्षेत्रगत सम्मेलनमा यस बर्ष पहिलोपटक क्षेत्र ‘ग’का स्ांस्थापक अध्यक्षहरुलाई शाखा स्थापना तथा सञ्चालनमा प्रदान गरेको योगदानको कदर स्वरुप बिषेश सम्मान गरिएको छ ।
सम्मेलनको समापन समारोहमा उत्कृष्ट कार्य गर्ने क्षेत्र ‘ग’ का विभिन्न शाखाहरु पुरस्कृत भएकाछन् । त्यस्तै बर्ष २०२४को क्षेत्र ग सम्मेलनको आतिथ्यता किर्तीपुर जेसीजले गर्ने जिम्मेवारी प्राप्त गरेको छ ।