• ट्रेण्डिङ :

लक्ष्मीले पहिरिन मिसेस क्यपिटलको ताज

लक्ष्मीले पहिरिन मिसेस क्यपिटलको ताज

cnewsnepal

बुधबार, साउन १० २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


 

काठमाडौ ९ ,यस वर्षको मिसेस क्यापिटल  को ताज सीतापाइला काठमाडौंकी लक्ष्मी भूषालले पहिरिन सफल भएकी छिन् । सोमबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रम हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको हो। विजेताको ताजसँगै लक्ष्मीले बैंकक टुर प्याकेज समेत प्राप्त गरेकी छिन् । सो कार्यक्रममा रिद्दि शर्मा फष्ट रनर अप तथा बिमला श्रेष्ठ सेकेन्ड रनर अप भएका थिए ।

विवाहित महिलाहरुको राष्ट्रिय स्तरको सो सौन्दर्य प्रतियोगिता Mrs. Capital Queen Nepal को छैटौं संस्करण हो । अवार्ड विजेता चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरुले चियावारी बोलको गीतमा आर्कषक नृत्यबाट कार्यक्रमको आरम्भ गरेका थिए, त्यसपछि लेहेंगा राउण्ड, प्रश्नोत्तर चरण पार गर्दै इभिनिङ गाउन चरणमा प्रतियोगीहरु सुन्दरता र बौद्धिकताको परिक्षण पार गर्दै आ-आफ्नो उपाधिको हकदार भएका थिए ।

वरिष्ठ अभिनेता तथा फिल्मकर्मी सिमान्त उदास, नायिका शुष्मा अधिकारी, मिस नेपाल आइडल २०१९ एवं भि.जे. निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२० सजना खतिवडा र मिसेस डिभा नेपाल- २०२३ सोनिका राइ निर्णायक रहेको कार्यक्रममा श्रृंगार नृत्य समुह र स्पार्कल आर्ट एकेडेमीबाट कलाकारहरुले सांस्कृतिक कोसेलीहरु पस्केका थिए ।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो । जसमा मोस्ट इन्टिलिजेन्ट, बेस्ट फोटोजेनिक र पब्लिक भिडियो च्वाइस लक्ष्मी भूषाल, मोस्ट कन्फिडेन्ट रिद्दि शर्मा, मोस्ट डेडिकेट बिमला श्रेष्ठ, मोस्ट डाइनामिक र मोस्ट पपुलर विष्णु तुम्बापो चेम्जोङ, मोस्ट स्मार्ट राधिका श्रेष्ठ, मोस्ट डिलीजेन्ट सोनी सिंह, बेस्ट डिसिप्लिन निशा तामाङ र बेस्ट पर्सनालिटी मनिका दास भएका थिए।

विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ। ईश्वर बल्लभ उप्रेतीको फोटोग्राफी एवं भिडियोग्राफी रहेको कार्यक्रम मोडेल\भिजे शुभ आचार्यले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार