• ट्रेण्डिङ :

आफ्नै गाउँकाे थानकोट प्रहरी बृत्त पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

आफ्नै गाउँकाे थानकोट प्रहरी बृत्त पुनर्निर्माणका लागि अभिनेता दीपकराज गिरीद्वारा ५ लाख सहयोग

cnewsnepal

आइतबार, असोज ५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


जेन–जेड आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौंको थानकोट प्रहरी बृत्त पुनर्निर्माणका लागि अभिनेता तथा निर्माता दीपकराज गिरीले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

गिरीले आफ्नै जन्मथलो काठमाडौंको थानकोट प्रहरी वृत्त पुगेर डीएसपी एलिजा गिरीलाई उक्त सहायता रकम हस्तान्तरण गरेका हुन् । आगजनी र तोडफोडका कारण करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा गिरीले प्रहरीको मनोबल उच्च राख्न र समुदायको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरेको बताए ।

थानकोट प्रहरी बृत्त भवन उद्घाटनदेखि तोडफोडसम्म : जेन–जेड आन्दोलनको चपेटामा

यसैबीच, उनी अर्को साता अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा टूर’मा सहभागी हुन प्रस्थान गर्ने तयारीमा रहेका छन् । दहचोक–१ निवासी गिरी नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार, अभिनेता तथा निर्देशकका रूपमा परिचित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार