छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं, २३ जेठ
करिब ११ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, सुर्खेत, पर्सा र काठमाडौंमा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।
दुर्घटनामध्ये काठमाडौं महानगरपालिका १० बिजुली बजार स्थित सडकमा बा.४१प५३६नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर,ललितपुर उपमहानगरपालिका १२घर भएका ३७ वर्षीय अम्बरराज ताम्राकारको एभरेष्टअस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रे तिमाल गाउँपालिका ५ घर भई हाल कोटेश्वर बस्ने २१ वर्षीया निमा लामालाई सोही अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ । साइकलयात्री फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सुर्खेत, बराहताल गाउँपालिका(५ चेपाङस्थित सडकमा ना.३ ख ५७४१ नम्बरको बसबाट झर्ने क्रममा सोही ठाउँ बस्ने ७२ वर्षीयहरिकला गाहाको सोही बसले किच्दा घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पर्सा, पोखरिया नगरपालिका(९ बैरीयास्थित सडकमा ना.११ प २१८१ नम्बकरो मोटरसाइकल अनियन्त्रितभई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार बिन्दबासिनी गाउँपालिका(१ बस्ने वर्षीयाप्रभावती देवीको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका(११ टाउके बजारस्थित सडकमा ना.३ख ६६५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएकापैदलयात्रीसोही ठाउँस्थित अम्मरबस्ती बस्ने ७० वर्षीयकान्छो सुनारको सेती अञ्चल अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।