काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले कृषि मन्त्रीकाे राजिनामा माग गर्दै प्रदर्शनी गरेकाे छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाे कार्यालयमा नारावाजी गर्दै कृषि मन्त्रीकाे राजिनामा माग गरेका हुन् ।
राष्ट्रिय युवा संघ काठमाडौं महानगर अध्यक्ष दिपेश सुधाकारले गरिव मजदुर माथी दमन अत्याचार गर्ने,अमानवीय तवरले गरिवमाथी शाेषण विरूद्ध प्रर्दशन गरेकाे बताए ।
राष्ट्रिय युवा संघ काठमाडौं जिल्ला सदस्य विकल्प थापाले तरकारी बजार व्यवस्थापनकाे चरम लापरबाही,बेथिति र मनपरि तन्त्र विरूद्ध युवाहरू सडकमा आउनु परेकाे बताए ।
युवा संघले कृषि मन्त्री राजिनामा दे,कालीमाटी तरकारी मुर्दावात, विचाैलिया तन्त्र खारेज गर,ट्रेण्डर प्रकृयामा अविलम्ब सुरू गर, पैसाकाे चलखेल बन्द गर ,गरिव व्यापारीलाई अदालत काे आदेशकाे अबज्ञा गरि महिला बालबालिका माथी हातपात बन्द गर लगायतका नारा लगाई कालिमाटी घेराउ गरेकाे छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा व्यापारी तथा महिला वालबालिकालाई हातपात भएपछि युवा संघले नारावाजी तथा विराेध सुरू गरेकाे हाे ।
नेकपा एमाले निकट युवा संघले कालीमाटीमा विहान ९ बजे देखि प्रर्दशन गर्ने जनाएको छ ।