• ट्रेण्डिङ :

डिजे लाउन्जमा दाेहाेरी धमका

डिजे लाउन्जमा दाेहाेरी धमका

cnewsnepal

सोमबार, भाद्र २५ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२५ भदौ,काठमाडौं । चन्द्रागिरि स्थित डिजे लाउन्जमा अविस्मरणीय सांगीतिक कार्यक्रम आयाेजना हुने भएकाे छ ।

चन्द्रागिरि ११ मुक्तिनाथ कम्पेल्कस एभरेष्ट बैंक नजिक डिजे लाउन्जमा बेजाेड सांगीतिक कार्यक्रम आयाेजना हुन लागेकाे हाे ।

युवा व्यवसायी तथा युवा माेडल रूपेश दानीकाे आयाेजनामा एक दिने सांगीतिक लाेक दाेहाेरी कार्यक्रम गरिन लागेकाे डिजे लाउन्जका सञ्चालक विरू जाेशीले बताए ।

नेपाली सांगेतिक जगतका चर्चित दाेहाेरी गायक सानू केसी,सुशीला लामा,लक्ष्मी दर्नाल,राम लामा र विजिता रायमाझीकाे दमदार प्रस्तुति रहने आयाेजक समुहका रूपेश दानीले बताए ।

कार्यक्रम भदौ २९ गते शुक्रबार बेलुका ६ बजे देखि बेलुका १२ बजे सम्म चल्ने डिजे लाउन्जका सञ्चालक देब महर्जनले बताए ।

सञ्चालक महर्जनका अनुसार विभिन्न स्वादिष्ट परिकार संगै सांगेतिक मनाेरञ्जन र पारिवारिक आन्नद प्राप्त गर्ने अबसर लिन समेत अनुराेध गरेका छन् ।

सांगीतिक तथा लाेक दाेहाेरी कार्यक्रमलाई विभिन्न कम्पनीको प्रयाेजन रहेकाे जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार