• ट्रेण्डिङ :

गुल्मीको पसलमा आगलागी हुदा ३५ लाख बराबरको क्षती

गुल्मीको पसलमा आगलागी हुदा ३५ लाख बराबरको क्षती

cnewsnepal

सोमबार, कार्तिक २० २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका मोटरसाइकलसहित ३५ लाखको क्षति भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ देउराली चारपाला फेदिको टोप बहादुर बस्नेतको टिनले छाएको २ तले कच्ची किराना पसल राखेको घरमा एक्कासी आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आगलागीबाट एक सय ५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामान सहित नगद दुई लाख र करिब ३ तोला गहना र कपडा गरि ३५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी डिल्ली नारायण पाण्डेले बताए ।

गएराती करिब साढे १२ बजेको समयमा लागेको उक्त आगो साढे तीन बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार