• ट्रेण्डिङ :

नेपाल जेसीसको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुँदै

नेपाल जेसीसको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुँदै

cnewsnepal

सोमबार, मंसिर ४ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


४ मंसिर,काठमाण्डौं । नेपाल जेसीसको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने भएको छ ।

महाधिवेशन मङ्सिर २८ देखि पुस २ गतेसम्म सञ्चालन हुने बुटवल जेसीसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
महाधिवेशनमा देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने जनाइएको छ । नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले बुटवल जेसीसको ५० औँ वर्षको अवसरमा नेपाल जेसिजको महाधिवेशन गर्न लागिएको जानकारी दिए ।

उनले यसरी कार्यक्रम गर्नु बुटवलका लागि धेरै गर्वको कुरा भएको बताए । बुटवल जेसीसले यसभन्दा पहिला पनि दुईवटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रूपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशक समेत रहेका पोखरेलले बताए ।

नेपाल जेसिसका अर्का पूर्व अध्यक्ष अनुपमान शैजुले यो महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा पुग्ने बताए । बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले पनि बुटवल जेसिजको स्वर्ण जयन्तीको अवसरमा ५० औँ राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठुलो अवसर भएको बताए । यसले बुटवलको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उनको भनाइ छ । महाधिवेशनको अवसरमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा (प्रभातफेरी) गरिने समेत जनाइएको छ ।

महाधिवेशनलाई भव्य, प्रभावकारी र ऐतिहासिक रूपमा आयोजना गर्न सन् २००७ पछिका १५ जना पूर्व अध्यक्षहरु आयोजक समितिको संयोजक, १२ जना पदाधिकारी सहसंयोजक र ८० जना सदस्यहरू विभिन्न उपसमितिमा रहेका छन् । सन् २००७ अघिका १२ जना पूर्व अध्यक्षहरूको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार समिति समेत गठन गरिएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशन भव्य रूपमा उद्घाटन गरिने जनाइएको छ । बुटवल महाधिबेशनवाट नयाँ नेतृत्व समेत चयन हुने छ जसका लागि वर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षमा मनोहरा जेसीज रजनी थापा, भक्तपुर जेसीज रश्मी सिल्पकार,देवदह जेसीजका विजय गुरुङ,नुवाकोट जेसीजका रविन पोखरेल र कर्णाली जसीजका अनिल बहादुर शाही चुनावी मैदानमा उत्रि सकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार