८ मंसिर, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका शाही युवा शक्ति नेपालका अध्यक्ष सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए।
पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ। बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।
सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी स्रोतले जनायो ।