• ट्रेण्डिङ :

धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौँ फर्काइयो

धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौँ फर्काइयो

cnewsnepal

शनिबार, मंसिर ९ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।

प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताए

प्रतिक्रिया
सम्बन्धित समाचार