• ट्रेण्डिङ :

सिन्धुलीमा पिङ खेल्ने क्रममा बेरिएर एक बालिकाको मृत्यु

सिन्धुलीमा पिङ खेल्ने क्रममा बेरिएर एक बालिकाको मृत्यु

cnewsnepal

मंगलबार, मंसिर १२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा पिङ खेल्ने क्रममा कपडा बेरिएर एक बालिकाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ घर भई दुधौली नगरपालिका–११ मा मामाघरमा बस्दै आएकी १० वर्षीया रोशनी सदाको पिङ खेल्ने क्रममा पासो लागेर मृत्यु भएको हो । ति वालिका तिहार मनाउन मामाघरमा आएपछि त्यहीँ बस्दै आएकी थिइन् ।

जस्ताको छानो भएको १ तले घरको बाहिर आँगनमा पिङ बनाएर खेल्ने क्रममा पिङ बनाएको कपडा घाँटीमा बेरिएर बालिकाको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक चिरन्जीवि दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार