१२ मंसिर ,जनकपुर । संघियता खारेजीको माग राख्दै जनकपुरमा प्रदर्शन भएको छ ।
राष्ट्रिय शक्ति नेपालले संघियता खारेजीको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरेको हो ।
जनकपुरधाममा संघीयता खारेजी गर, स्थानिय सरकारलाई बलियो पार भन्दै राष्ट्रिय शक्ति नेपालले प्रदर्शन गरेको छ ।
जनकपुरधामको रंगभूमि मैदान १२ बिघाबाट वैदिक सनातन हिन्दू राज्य कायम गरौँ, संघीयता खारेज गरौँ लगायतको नारा लगाउँदै र्यालीसहित नगरको विभिन्न भागमा परिक्रमा गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त