• ट्रेण्डिङ :

थानकोट खरिवाेटमा सवारी दुर्घटना परि महिलाकाे मृत्यु

थानकोट खरिवाेटमा सवारी दुर्घटना परि महिलाकाे मृत्यु

cnewsnepal

शनिबार, मंसिर २३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२३मंसिर,काठमाडौं । चन्द्रागिरि स्थित त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत खरिवाेटमासवारी दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ ।

चन्द्रागिरि नगरपालिका-०३ थानकोट खरिबोटमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे ।

प्रहरी वृत्त थानकोटलेका प्रमुख डिएसपी नारायण अधिकारीका अनुसार थानकोटबाट नागढुंगातर्फ जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही दिसातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख १३०८ नम्बरको कन्टेनरले ठक्कर दिएको बताए ।

उक्त दुर्घटनामा स्कुटरमा सवार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाका स्थानीय स्कुटरचालक श्रीधर भुर्तेल गम्भीर घाईते भएका छन् ।

प्रहरीका अनुसार स्कुटरको पछाडी सवार अस्मिता भण्डारी भुर्तेल घाइते भएकोमा भण्डारीको भैंसपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा अपरान्ह अस्पतालले मृत्यु भएकाे जनाएको छ ।

दुर्घटनामा घाइते स्कुटरचालक भुर्तेलको नेपाल मेडिसिटी अस्पतालमा उपचारका भइरहेको छ ।घटना संलग्न दुवै सवारी साधन तथा ट्रक चालक प्रहरी वृत्त थानकोटको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको थानकोट वृत्तले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार