• ट्रेण्डिङ :

स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुंगा सडक अवरूद्ध

स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुंगा सडक अवरूद्ध

cnewsnepal

शनिबार, मंसिर २३ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


चन्द्रागिरिकाे थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले नागुढुङ्गामा सडक अवरूद्ध पारेका छन्।

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी भुर्तेल गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएको थियाे ।

उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुंगा सडक अवरूद्ध पारेका हुन्। खरिबोट, थानकोट र नागढुंगा चेकपोइन्टमा दर्जनौंको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन्।
स्थानीय र आफ्नतले सवारीसाधनकाे समिति उपस्थिति हुनु पर्ने

उचित उपचारको व्यवस्थापन गर्नु पर्ने र पिडितलाई उचित क्षतिपूर्ति दिनु पर्ने लगायतका माग राख्दै सडक अवरुद्ध गरिएकाे स्थानीयले वताएका छन् ।

सडक ठप्प भएपछि प्रहरीले स्थानीयसँग छलफल गरी सडक अवरोध खुलाएको छ। बिहान १० बजेदेखि करिब १ घन्टा अवरूद्ध भएपनि अहिले दुइतर्फी नै सडक सञ्चालनमा आएको थानकोट वृत्तका डिएसपी नारायण अधिकारी बताए ।

ट्रक र चालक दुवै प्रहरी वृत्त थानकोटमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले सिन्युजलाई वताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार