• ट्रेण्डिङ :

लुक्ला जाँदै गरेको जहाजको आपतकालीन ढोकाको सिसा खस्यो

लुक्ला जाँदै गरेको जहाजको आपतकालीन ढोकाको सिसा खस्यो

cnewsnepal

आइतबार, मंसिर २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं- काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको कार्गो जहाज बिहान ९ः३१ मा काठमाडौंबाट उडेको थियो ।

तर उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको छ । काठमाडौंबाट उडेको जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जहाजमा दुई जना प्यासेन्जर पनि थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार