• ट्रेण्डिङ :

गुर्जुधारामा गुडिरहेको बसमा अचानक आगलागी

गुर्जुधारामा गुडिरहेको बसमा अचानक आगलागी

cnewsnepal

बुधबार, मंसिर २७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२७ मंसिर काठमाडौ । काठमाडौंकाे चन्द्रागिरि १२ गुर्जुधारा सानाे मन्दिरमा एउटा गाडीमा अचानक आगलागी भएको छ । काठमाडौं गाेरखा चल्ने यात्रुबाहक बसमा अचानक आगलागी भएकाे हाे ।

कंलकीवाट ग्यारेज लान्न लाग्दा अचानक ग १ ख ७४८८ नम्बरको यात्रुबाहक बसमा आगलागी भएकाे बस चालकले प्रहरीलाई बताएकाे जनाएको छ ।

प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीका अनुसार बस ग्यारेजमा लान्ने क्रममा आगलागी भएकाे खवर प्रश्चात दमक द्धारा नियन्त्रणमा लिएकाे बताए । डिएसपी अधिकारीले भने,” बसमा के कसरी आगलागी भयाे अनुसन्धान गर्दै छाै,वसमा तीन जना रहेकाे भन्ने छ मानविय क्षति छैन् ।”

कंलकी नागढुङ्गा सडक मुख्य राजमार्ग भएका कारण र्‍याकेटवाट तानेर जलेकाे गाडी थानकोट पुर्याईने प्रहरीले जनाएको छ ।

गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागे पनि मानवीय क्षति भने हुन पाएन ।

दमकलको सहायतामा आगो नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार