उत्तम कार्की
नेपाल सम्बत् ११४४ यी ला पुन्ही य:मरि पुन्ही)को अवसरमा तेस्रो य:मरि प्रतियोगिता सम्पन्न भएको छ।
किपुल्चा नेवा:खल:को आयोजनामा चनपा -५ किसिपिडि स्तिथ लाछी टोलमा वडा स्तरीय य:मरि प्रतियोगिता आयोजना भएको हो ।
प्रमुख अतिथी नगरप्रमुख घनश्याम गिरी विशेष अतिथी उपप्रमुख बसन्ति श्रेष्ठ साथै चनपा -५ का वडा अध्यक्ष राजेन्द्र महर्जन लगायत चन्द्रागिरिका १५ वडा का जनप्रतिनिधि लगाएत नेवा काजिहरुको उपस्थितिमा भएको कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिन सकिन्थ्यो । 
नेवा: संस्कृति रितिरिवाज संरक्षणको उद्देश्यले आयोजित तेश्रो प्रतियोगितामा किपुल्चा नेवा:खल:का अध्यक्ष तथा जनकल्याण मा वि का प्राध्यापक बुद्दरत्न नकर्मीले हेराकाजि महर्जनको सभापतित्वमा कार्यक्रम सन्चालन गरेका थिए।
प्रतियोगितामा कृष्णदेवि महर्जनले प्रथम स्थान हासिल गर्नुभएको हो भने क्रमश द्वितीय स्थानमा रत्नमाया महर्जन र तृतीय स्थानमा नानिदेवी महर्जन हुन सफल भइ नगद ५०००,४००० र ३००० नगद तथा प्रमाणपत्र प्राप्त गरेका हुन ।
साथै सान्त्वना पुरस्कर स्वरुप ४ प्रतियोगीलाई नगद १००० सहित प्रमाणपत्र बितरण गरिएको हो।
कार्यक्रममा नेवारी परम्परा झल्काउने नृत्य ,झाकी सहित धिमे बाजाको समेत प्रदर्शन गरिएको थियो ।
