• ट्रेण्डिङ :

सातौं वृहत ज्ञानमाला भजन प्रतियोगिता भव्य रूपमा सम्पन्न

सातौं वृहत ज्ञानमाला भजन प्रतियोगिता भव्य रूपमा सम्पन्न

cnewsnepal

सोमबार, फाल्गुन ४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


४ फागुन,काठमाडौं । राष्ट्रिय ज्ञानमाला संघ नेपाल को कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली उपसमितिको आयोजना तथा भास्तिपुर ज्ञानमाला भजन खल बलम्वुको व्यवस्थापनमा आज सातौं वृहत ज्ञानमाला भजन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूजनीय भिक्षु सुख महास्थविर रहनुभएको थियो। साथै कीर्तिपुर, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका प्रमुखहरू कृष्णमान डंगोल, मोहन बहादुर बस्नेत र घनश्याम गिरि तथा उपप्रमुख र वडा अध्यक्षहरूको विशेष आतिथ्य रहेको थियो।
कार्यक्रमको संयोजन चलचित्र निर्देशक तथा कलाकार अमृतमान महर्जन ले गर्नुभएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक श्री रमना श्रेष्ठसँगै भुपेन्द्र रायमाझी, तीर्थ कुमारी श्रेष्ठ र डा. पुष्परत्न शाक्य रहनुभएको थियो।
तीनवटा नगरपालिकाबाट १९ वटा बौद्ध ज्ञानमाला भजन खलको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट रचनातर्फ मच्छेगाँ ज्ञानमाला भजन खल, उत्कृष्ट सङ्गीततर्फ भास्तिपुर ज्ञानमाला भजन खल बलम्वु र उत्कृष्ट गायनतर्फ अनमोल भजन खल विजयी भएका छन्।
धार्मिक–सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय समुदायमा आध्यात्मिक भावना तथा सांगीतिक एकताको सन्देश फैलाएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार