उत्तम कार्की
काठमाडौ प्रेवेशद्वार मानिने चन्द्रागीरि २ नाग्ढुङ्गामा एकदिने हाटबजार सम्पन्न भएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने हेतुले चन्द्रागीरि वडा नम्बर २ द्वारा आयोजित एकदिने हाटबजार कार्यक्रममा स्थानिय कृषि ,तथा घरेलु उत्पादन सहित व्यवसायीहरुको सहभागिता देखिएको थियो।
हाटबजारको स्थलगत अवलोकनको क्रममा चन्द्रागिरि नगरपालिकाका महिला तथा सामाजिक विकास शाखाका प्रमुख रश्मि श्रेष्ठ कर्माचार्यले गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडपा) अन्तर्गत तालिम लिई व्यवसाय सन्चालन गरिरहनुभएका व्यवसाय तथा मौलिक सिपमा आधारित व्यवसाय प्रवर्द्धनको लागि अनुदान प्राप्त गर्नुभएका व्यवसायी लगायत अन्य व्यवसायिहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा विक्री वितरणको लागि भएको बताउनुभयो ।
बिगतका हाटबजार भन्दा फरक देखिएको एकदिने हाटबाजारमा, हाटबजारको नाममा छिमेकी मुलुकका आयातित सामाग्रीलाई बिस्तापित गर्दै स्थानिय उत्पादनको मात्रै बजार देखिन्थ्यो ।
स्थानीय उत्पादनमा दैनिक उपभोग्य सामाग्री देखि लत्ता कपडा लगायत अति आवश्यक घरायसी सामाग्रीको बजारले हाटबजारको नाममा मौलाउदै गएको आयातित सामाग्री सहितको विकृतिलाइ चुनौती दिएको थियो।
गाैशालाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन दिन-रात खटिँदै इन्स्पेक्टर बिरेन्द्र रायमाझी: विद्यार्थी र चालक लक्षित सचेतना अभियान तीव्र