• ट्रेण्डिङ :

बालकुमारी घटना : प्रहरीलाई निलम्बन होइन, गृहमन्त्रीले राजीनामा दिनुपर्छ

बालकुमारी घटना : प्रहरीलाई निलम्बन होइन, गृहमन्त्रीले राजीनामा दिनुपर्छ

cnewsnepal

शनिबार, पौस १४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो झडप हुँदा दुई जनाको ज्यान गएको छ ।

इपिएस शाखामा फर्म भर्न आएका प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले गरेको कारबाहीका क्रममा दुईजनाको ज्यान गएको हो ।

उक्त घटनालाई लिएर आज बसेको मन्त्रीपरिषद्को बैठकले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, इपिएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी र ललितपुरका प्रहरी प्रमुख सिद्धीविक्रम शाहलाई सरुवा गर्ने निर्णय गरेको छ भने ललितपुरका डिएसपी उमेश लम्साल र मन्त्रीका पिएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू जोगिनका लागि प्रहरीको निलम्बन गरेर चोखिन खोजेको भन्दै आम जनमानसमा गृहमन्त्रीको राजीनामा दिन माग गरेका छन् । एक व्यवसायीक प्रहरी अधिकृतलाई निलम्बन गरेर गृहमन्त्री आफू चोखो बन्न खोजेको देखिन्छ ।

व्यवसायीक अधिकृतको निलम्बन भएसँगै आम प्रहरीमाझ काम गर्ने मनोवल खस्केको एक प्रहरी अधिकृत बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार