काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मूल गेटमा अर्धनग्न भएर विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले “युवा मार्न पाइदैन” एमसिसि चाहिदैन, भ्रटाचार महंगी नियन्त्रण गर भन्दै उनीहरुले सिंहरबारभित्रै छिरेर विरोध प्रदर्शन गरेका हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य उदयबहादुर चलाउने दिपकका अनुसार क्रान्तिकारी युवाहरुले प्रधानमन्त्री निवास बालुवाटारको सचिवालय गेट, सर्वोच्च अदालतको मुलगेट, संसदभवनको मूलगेट, मन्त्री निवास हरिहरभवनको मूलगेटमा एकसाथ प्रदर्शन गरेका हुन् ।
प्राप्त जानकारी अनुसार सिंहदरबारभित्रबाट ३ जना, सर्वोच्च अदालतबाट २ जना, हरिहरभवनबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई अर्धनग्न अवस्थामा गिरफ्तार गरिएको छ ।
विरोध प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेप र गिरफ्तारीको विषयमा पार्टी र युवा संगठनले केही बेरमा प्रेस विज्ञप्ती जारी गर्ने सम्बद्ध स्रोतले जनाएको छ ।