• ट्रेण्डिङ :

युवा सञ्चारकर्मि दोय दानी र न्याौपाने सम्मानित

युवा सञ्चारकर्मि दोय दानी र न्याौपाने सम्मानित

cnewsnepal

शनिबार, पौस २१ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


२१ पुस, काठमाडौं ।  नेपाल ट्रक यातायात व्यवसायी महासंघले पत्रकार रोसन दानी र राजाराम न्याौपानेलाई सम्मान गरेको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६ औ वार्षिक साधारणसभाको अवसर पारि पत्रकार दानी र न्याौपानेलाई सम्मान गरेको हो ।

ललितपुरको सानेपामा आयोजित कार्यक्रममा उनीहरुलाई नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सम्मानपत्र र नगद सहित प्रदान गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले याताययात क्षेत्र सुधारमा योगदान पुर्याय बापत नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६ औं वार्षिक साधारण सभामा नगद राशी सहित सम्मान गरिएको बताए ।

ट्रक यातायात क्षेत्रका समस्या तथा मुदाहरुमा प्राथमिकताका साथ समाचार सामाग्रीहरु प्रकाशन र प्रसारण गरि व्यसायीहरुको क्षेत्रमा निरन्तरण साथ सहयो गदै आएको भन्दै सम्मान गरेको  महासंघका महासचिव बाँनियाले कार्यक्रममा जानकारी गराएका थिए ।

कार्यक्रमा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री राजेन्द्र कुमार के.सि.,सांसद शिब नेपाली , बागमति प्रदेश श्रम तथा रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल ज्यु, बागमति प्रदेश सांसद प्रेम बह्दुर पुलामि,डा. उपेन्द्र महत्तो, प्रहरी नायब महानिरिक्षक पोषण पोख्रेल लगायतको उपस्थिति लगायतको रहेको थियो ।

 

तस्विरहरु हेर्नुस……………. 

 

प्रतिक्रिया
सम्बन्धित समाचार