२८ पुस, काठमाडौँ । चन्द्रागिरि नगरपालिका -४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
काठमाडौँबाट चित्लाङतर्फ जाँदै गरेको प्र३९०१९२३ च ६९८५ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो । दिउँसो १ स् ५५ बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनास्थलमै मृत्यु हुनेमा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतम थिए ।
दुर्घटनामा स्मारिकाकी आमा डा। सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । कार दिउँसो १ बजेर ५५ मिनेटमा दुर्घटना भएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
यसअघि २०८० साउन १२ गते शुक्रबार काठमाडौंबाट चन्द्रागिरि हुँदै मकवानपुरको चित्लाङ जाँदै बा.१०च ३५४६ नम्बरको मारुती भ्यान सोही ठाउँमा दुर्घटना भएको थियो । दुर्घटनामा सिन्धुलीका नवराज ठोकर र काभ्रेपलाञ्चोक सल्लेभुलुका अनिल तामाङको मृत्युभएको थियो ।