• ट्रेण्डिङ :

स्थानीय आर्थिक विकास कार्यक्रममा अन्तर्गत काठमाण्डौमा एक मात्र चन्द्रागिरि नगरपालिका छनोट

स्थानीय आर्थिक विकास कार्यक्रममा अन्तर्गत काठमाण्डौमा एक मात्र चन्द्रागिरि नगरपालिका छनोट

cnewsnepal

बुधबार, माघ ३ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि चन्द्रागिरि नगरपालिका सहित १०४ वटा स्थानीय तह छनोट गरेको छ ।

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०र०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गर्ने क्रमा चन्द्रागिरि नगरपालिका सहित १०८ वटा स्थानिय तह छनोट गरिएको मन्त्रालयले जनाएको छ । चन्द्रागिरि नगरपालिका बागमती प्रदेश अन्तर्गत काठमाण्डौ जिल्ला मध्य एक मात्र छनोट भएको जनाएको छ ।

जसमा कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले दिए । उनका अनुसार २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए । तर, कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको हो ।

सामान्य प्रशासन मन्त्री अनिता देवी आफैँले निर्णय गरेर छनोट गरेकी हुन् । छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको जानकारी सापकोटाले दिए ।

 

nawa_page-0001nawa_page-0002nawa_page-0003nawa_page-0004

nawa_page-0001nawa_page-0002nawa_page-0003nawa_page-0004

प्रतिक्रिया
सम्बन्धित समाचार