सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा
हुम्लास्थित नेपाल चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुग्नु भएको छ ।
आईतबार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुग्नु भएका
महानिरीक्षक अर्यालले गुल्म र मातहत बिओपी हिल्साको निरीक्षण गर्नुभई सो बिओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत जानकारी लिनुभएको हो ।
सोही दिन महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेतनिरीक्षण गर्नुभएको थियो ।
निरीक्षणका क्रममा उहाँले कार्यरत फौजलाई उच्च मनोवल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत
निर्देशन दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार