• ट्रेण्डिङ :

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

cnewsnepal

बुधबार, माघ १० २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख सन्तोस न्यौपान्यले जानकारी दिए ।

बुधवार साँझ भएको दुर्घटनामा ज्यान गुमाउने ओम केसी पाण्डुबजारका स्थानीय हुन् । सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल बागमती प्रदेश–०२–०२१ प ९०३२ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । मृतक मोटरसाइकल चालक हुन् । स्कुटर चालक सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोशन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार