• ट्रेण्डिङ :

थानकोट – चित्लाङ्ग सडकका लागि थप बजेट छुटाएको भन्दै चन्द्रागिरि नगर प्रमुख गिरीले दिए धन्यवाद

थानकोट – चित्लाङ्ग सडकका लागि थप बजेट छुटाएको भन्दै चन्द्रागिरि नगर प्रमुख गिरीले दिए धन्यवाद

cnewsnepal

सोमबार, माघ १५ २०८०
पढ्न लाग्ने समय: < ३ मिनेट


१५ माघ, काठमाडौं । थानकोट – चित्लाङ्ग सडक गणेशमान मार्ग काठमाडौं को सडक सुधारको लागि यसै आर्थिक बर्षमा कार्य गर्ने गरि अर्थ मन्त्रालयबाट करिब रु आठ करोड को स्रोत सुनिस्चितता एबं सहमति प्रदान गरेपछि चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले पहलकदमीमा साथ र सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरेका छन्।

सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडकमार्गलाई थप ६ करोड बजेट विनियोजन गरेको हो ।

गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमार्गमा बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ थप भएको हो ।

नगर प्रमुख गिरीले सुन्दर नगरी चन्द्रागिरिको उक्त सडक छिटै बन्ने सर सवै सरोकारवाला निकायमको साथ र सहयोग आवश्यक रहेको बताए ।

अर्थ मन्त्रालयले १२ माघमा भौतिक पूर्वाधार मन्त्रालयलाई पत्रचार गरी आगामी आर्थिक वर्ष (आव) का लागि सिर्जना हुने दायित्व बराबरको रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति प्रदान गरेको हो ।

उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौंले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो ।

बजेट अभाव भन्दै कार्यालयले सडक सुधारको काम नगरेपछि सडकमार्गको थानकोट–चन्द्रागिरि खण्ड उच्च जोखिमयुक्त रहेको छ ।

थानकोटबाट चन्द्रागिरितर्फ उकालोमा ५ सय मिटर कालोपत्र गर्न सम्झौता भए पनि मागेको बजेटको १० प्रतिशतभन्दा कम आएपछि अन्य मर्मतका काम गर्न नसकिने कार्यालयले बताउँदै आएको छ ।

रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा र थाहा नगरलगायत स्थान जाने छोटो दुरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौं यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।

सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धराप थापेको भन्दै सवारी चालक, यात्रु र स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए ।

३ माघमा अभावका कारण दैनिक हजारौंले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रचण्डले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका थिए ।

नेकपा एमाले सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने माग गरेका थिए ।

बजेट भएपछि काम हुन्छ

डिभिजन सडक कार्यालय काठमाडौं प्रमुख नारायणदत्त भण्डारीले बजेट आएपछि मुख्य अप्ठ्यारो रहेको स्थानमा बाटो सुधार हुने बताए ।

‘थानकोटबाट चन्द्रागिरि जाने उकालोको चार किलोमिटर सडक मात्रै सुधार्दा पनि धेरै हदसम्म सडक राम्रो हुन्छ,’ उनले भने, ‘कम्तीमा दुर्घटनाको जोखिम कम हुन्छ, तर त्यतिका लागि पनि हामीसँग बजेट थिएन । बजेट आएपछि सजिलो हुने अपेक्षा गरेका छौं ।’

हुुनुपर्ने जति सडक विस्तार भइसकेको भन्दै प्रत्येक तीन महिनामा हेभी इक्विपमेन्टबाट आफैंले इन्धन हालेर मर्मतसम्भार गरेको उनी सुनाउँछन् ।

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो रहेकाले त्यसलाई सुधार गरेर कालोपत्र नगरेसम्म सधैं दुःख हुने उनको भनाइ छ ।

२८ पुसमा काठमाडौंबाट थानकोट–चन्द्रागिरि हुँदै चित्लाङ गइरहेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार