काठमाडौं । नेपालकाे संवेदनशील जिल्ला सर्लाहीकाे कमान्ड एसपी दयानिधी ज्ञवालीले आज वाट समालेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले पदभार ग्रहण गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले सोमबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका छन् ।
प्रहरी उपरीक्षक ज्ञवालीले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक र पारदर्शी भएर काम गर्न मातहत कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
सर्लाही जिल्ला अति संवेदनशील जिल्ला हो । जहाँ तस्करीदेखि गुण्डागर्दीसम्म हुने गर्छ । एसपी ज्ञवालीले अपराध र अपराधी विरूद्ध कठाेर भएर उभिने बताए ।
उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने उनलेे बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी ज्ञवालीले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे ।
प्रहरी उपरीक्षक ज्ञवालीले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनी संगठनमा हक्की स्वभावका प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
विभिन्न जिल्ला बस्दा संगालेका ज्ञानसिप प्रयाेग गर्दै अपराध न्युनिकरणमा जनता संगै रहेर काम गर्ने विश्वास व्यक्त गरे । बागलुङ जिल्ला कमाण्ड सीप गरिसकेका ज्ञवालीलाई स्थानिय सरकार,प्रदेश सरकार र विभिन्न संघ संस्थाले उच्च मुल्यांकन गर्दै नगद सहित पुरस्कारले समेत समान गरिसकेकाे छ ।
राजधानीका विभिन्न क्षेत्रमा बस्दा गुण्डा र अपराधिक पृष्ठभूमिका नागरिकहरूलाई पक्राउ गरेर जेलकाे बास गराएर चर्चा कमाउदै आएका छन् ।