• ट्रेण्डिङ :

एसपी केसीले सम्हाले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड

एसपी केसीले सम्हाले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड

cnewsnepal

सोमबार, फाल्गुन ७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो ।

एसपी केसी आइतबार झापा पुगेका हुन् । एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल छन् ।

उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ-नयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् ।

झापा जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशिल मानिन्छ । कमाण्ड सम्हाल्दै एसपी केसीले झापा जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘म वस्तुनिष्ट र विभेरहिद न्याय दिन तल्लीन हुनेछु,’ उनले भने, ‘झापामा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफुले कुनै पनि कसुर बाँकी नराख्ने छैन् । म राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्नेछु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार