काठमाडौँ । प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टरले बोक्ने पेस्तोलबाट गोली चलेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले डीएसपी गंगा पौडेलको नेतृत्वमा समिति गठन गरेका हुन् ।
आइतबार प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोक्ने पेस्तोलबाट फायर भएको थियो । आफ्नो ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको बताइएको छ ।
इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाएर घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार