९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या पछि श्रिमानले आत्म हत्या गरेका छन् ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।
घटना स्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी साेमेन्द्र सिंह राठौर सहित घटना स्थलमा छन् ।
ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत नागर्जुन जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएकाे महासाखाले जनाएको छ ।
परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।