• ट्रेण्डिङ :

एसपी धितालले सम्हाले जिल्ला प्रहरी कार्यालय बर्दियाको कमाण्ड (तस्विरहरु सहित)

एसपी धितालले सम्हाले जिल्ला प्रहरी कार्यालय बर्दियाको कमाण्ड (तस्विरहरु सहित)

cnewsnepal

बुधबार, फाल्गुन ९ २०८०
पढ्न लाग्ने समय: < ३ मिनेट


काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बर्दिया प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी )प्रबिण धितालले आफ्नो कार्यभार सम्हालेका छन् ।

जिल्लाबाट एसपी सुधिरराज शाहीको सरुवा भएपछि उनको ठाउँमा धितालको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारीबाट जिल्ला प्रहरी कार्यालय,बर्दियाको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी ) प्रविन धितालले वुधवार पदभार ग्रहण समेत गरेका छन् ।

एसपी धिताल प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ – नयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् ।
बर्दिया जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशिल मानिन्छ । कमाण्ड सम्हाल्दै एसपी धितालले बर्दिया जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रहरी उपरीक्षक धितालले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक र पारदर्शी भएर काम गर्न मातहत कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।एसपी धितालले अपराध र अपराधी विरूद्ध कठोर भएर उभिने बताए । प्रहरी उपरीक्षक धितालले भने,जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने छु, ‘म वस्तुनिष्ट र विभेरहिद न्याय दिन तल्लीन हुनेछु,’ उनले भने, ‘बर्दियामा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफुले कुनै पनि कसुर बाँकी नराख्ने छैन् । म राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्नेछु ।’

उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने उनले बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी धितालले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे ।

स्वागत कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरण प्रसाद न्यौपाने सहित सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी बरिष्ठ हवल्दार देखी प्रहरी जवान सम्मका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो । एसपी धिताल नेपाल प्रहरीकै ईतिहासमै क बर्गवाट क मै कमाण्ड गर्ने पहिलो प्रहरी अधिकृत हुन् । एसपी धिताल जिल्ला प्रहरी कार्यालय बझाङ, जिल्ला प्रहरी कार्यालय सलार्ही, थानकोट वृत्त लगायत महत्वपुर्ण स्थानमा कमाण्ड समालिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार