१३ फागुन,काठमाडौ । वीरगन्जमा एक महिलाले बच्चा जनमाएर अस्पतालमै छाडेर बेपत्ता भएकी छन् ।
वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी आमा बेपत्ता भएकी हुन्।
शुक्रबार जन्मेको शिशुलाई छाडेर लगतै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाले बताए ।
डिएसपी थापाका अनुसार अन्दाजी ३० वर्षकी महिलालाई सुत्केरी बेथा लागेपछि अस्पताल आएकाे र ६:३० मा बच्चालाई जन्म दिए पछि ७:३० मा महिला फरार भएकाे अनुसन्धानवाट खुलेकाे बताए ।
महिलासँगै उनकी सासू पनि सम्पर्कविहीन छन् । महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगन्ज’ टिपाएकी थिइन् ।
नाम र ठेगाना समेत गलत टिपाएको हुन सक्ने डिएसपी थापाले जानकारी दिए । महिलाकाे तिव्र रूपमा खाेजी गरिएकाे पर्सा प्रहरीले जनाएको छ ।