• ट्रेण्डिङ :

बच्चा चोरी प्रकरण : बच्चा चोर्ने मनकुमारीलाई ५ दिनकाे म्याद थप

बच्चा चोरी प्रकरण : बच्चा चोर्ने मनकुमारीलाई ५ दिनकाे म्याद थप

cnewsnepal

आइतबार, फाल्गुन १३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


१३ फागुन,काठमाडौँ । जिल्ला अदालत काठमाडौंले थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरि फरार भएकी थिईन ।

२४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पछि दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार