सिमरा- बाराकाे निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा सोमबार विष्फोट हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।
निजगढस्थित गाडी मर्मत गर्ने ग्यारेजमा सोमबार ग्यास विष्फोटएक जना उपचारको क्रममा एक जनाकाे मृत्यु भएकाे हाे भने चार जना घाईते भएका हुन् ।
बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।
डिएसपी न्याैपान्यले भने,” निजगढ नगरपालिका-७ स्थित रोहित वर्कशपका सञ्चालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए, मगरको उपचारका क्रममा मृत्यु भएको छ ।”
घटनामा दुई भारतीय नागरिकसहित अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।