• ट्रेण्डिङ :

ग्यारेज विस्फोट अपडेट: मृतक संख्या दुई पुग्याे

ग्यारेज विस्फोट अपडेट: मृतक संख्या दुई पुग्याे

cnewsnepal

मंगलबार, फाल्गुन १५ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


१५ फागुन बारा । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी थप एक जनाकाे मृत्यु भएकाे छ ।

ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको हाे ।

विस्फोटमा घाइते भएका ६ जनामध्ये दुईजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको थियाे ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्ण रूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ ।

विस्फोटबाट कारखाना नजिकका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार