• ट्रेण्डिङ :

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

cnewsnepal

बुधबार, फाल्गुन १६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


१६ फागुन,मकवानपुर  । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ ।

जिल्लाको बकैया गाउँपालिका–७ को मानदमारमा पोल ढलेर लाग्दा स्थानीय वडासदस्य ४० वर्षीय रामकुमार तितुङखको मुत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले मङ्गलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर सख्त घाइते पछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको बताए ।

मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार