• ट्रेण्डिङ :

रुपन्देहीको देवदह नगरपालिकामा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

रुपन्देहीको देवदह नगरपालिकामा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

cnewsnepal

मंगलबार, फाल्गुन २२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


बुटवल — रुपन्देहीमा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार विजयपुरमा रहेको इन्द्रेणी प्लास्टिक उद्योगमा काम गर्ने क्रममा थ्रेसर मेसिनमा परेर एक जनाको मृत्यु भएको पुष्टी गरे ।

एसपी रञ्जित सिंह राठौरले थ्रेसर मेसिनमा परेर तिनाउ गाउँपालिका–३, कोलडाँडा स्थायी घर भएका तर, हाल देवदह नगरपालिका–३, टटेरा बस्दै आएकी ५१ वर्षकी लिलासरा दर्लामीको मृत्यु भएको बताए । घाइतेलाई लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार