• ट्रेण्डिङ :

आईजीपी कुँवरको तस्बिर ह्वाट्सएपमा राखेर १३ लाख असुल्ने प्रहरीको फन्दामा

आईजीपी कुँवरको तस्बिर ह्वाट्सएपमा राखेर १३ लाख असुल्ने प्रहरीको फन्दामा

cnewsnepal

मंगलबार, फाल्गुन २२ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । ह्वाट्सएपमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा झापाको मेचीनगर-६ का सविन मैनाली, वडा नम्बर-१० का शुभम मैनाली र सुनसरीको धरान -३ का आशिका बराइली रहेका छन् । उनीहरुले ह्वाट्सएपमा आईजीपी कुँवरको फोटो राखेका थिए ।

उनीहरुले सप्तरीको राजविराजका एक व्यक्तिलाई ९२३२५०१६९१३५ नम्बरको ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले ‘तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ’ भन्दै रकम मागेका थिए ।

रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए ।

यो घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार