• ट्रेण्डिङ :

कोटेश्वरमा जुनेली यातायातको ठक्करबाट घाइते भएका सई खत्रीको मृत्यु

कोटेश्वरमा जुनेली यातायातको ठक्करबाट घाइते भएका सई खत्रीको मृत्यु

cnewsnepal

आइतबार, फाल्गुन २७ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । काठमाडौँको कोटेश्वरमा जुनेली यातायातको ठक्करबाट घाइते भएका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ ।

सई खत्रीको उपचारको क्रममा आइतबार साझ मृत्यु भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठलेका अनुसार उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको बताए ।

फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट सई खत्री गम्भ्रिर घाइते भएका थिए । डिउटीका क्रममा दुर्घटनामा गम्भीर घाईते खत्रीलाई तत्काल प्रहरीले उदार गरि अस्पताल लगिएको थियो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले (‘सवारी ज्यानं )सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार