थानकोटमा १० लाख वरावर मुल्यको कपडा बरामद

काठमाण्डौ ७ असार  महानगरीय प्रहरी प्रभाग नागढुंगाले भन्सार छली गरि ल्याएको कपडा बरामद गरेको छ ।

राजधानी भित्रने मुख्य नाकामा चेक जाँचको क्रममा छुटाछुटै सवारी साधन वाट करिव १० लाख ७१ हजार मुल्य वरावरको भन्सार छली गरि ल्याएको कपडा बरामद गरेको हो ।

महानगरी प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले नेपालगंजबाट काठमाण्डौ तर्फ आइरहेको ना.६ ख ७८९२ न.को बसमा चेकजांच गर्दा ५ ओटा बोराहरुमा बिभिन्न रङको लेडिज कपडा टप्स कुर्थाहरू ८३३ थान,२ ओटा बोरामा ३४ रोल ६८० मिटर १ बोरामा जाली कपडा १३ रोल ५२० मिटर कपडा फेला बताए ।

थानकोट प्रहरी प्रमुख थापाका अनुसार नेपालगंजबाट काठमाण्डौ तर्फ आइरहेको ना.६ ख १२८९ नम्वरको बसमा चेकजांच गर्दा बिभिन्न रङको लेडिज कपडा टप्स कुर्थाहरू ५८५ थान, १ बोरामा जेन्स सट ७५ थान, बेल्ट २४ थान, जेन्स हाप पाइन्ट ५९ थान बरामद गरिएको बताए । बृत्त प्रमुख थापाले भन्नु भयो, ‘‘हामीले चेक जाँचको क्रममा संकास्पद बिल देखिएको र सामानको धनि समेत साथमा नरहेको बेबारीसे अवस्थामा फेला परेको छ ,आबश्यक कारवाहीका लागी राजश्व अनुसन्धान बिभाग पठाईएका छौं ’’ ।

यसरी नेपालका कतिपय व्यपारीहरुले भारतबाट यसरी नै भन्सार छलि गरी भारतीय सामग्रीहरु आयात गर्ने गरेका छन् । पछिल्लो समय थानकोट बृत्तले विभिन्न गस्ती गरी निगरानी गर्ने काम गरिरहेको प्रहरीको दाबी छ ।
थानकोट बृत्तकाका अनुसार बरामद गरिएको विभिन्न कपडाकोे मुल्य करिव १० लाख ७१ हजार रहेको जनाएको छ ।