• ट्रेण्डिङ :

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छको मृत्यु

धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छको मृत्यु

cnewsnepal

बिहिबार, चैत्र १ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडाैँ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । दुर्घटनामा छजनाको मृत्यु भएको र अन्य आठजना घाइते भएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० सुदीपराज पाठकले बताउनुभयो । स्थानीयका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार